ज्यान मार्ने उद्योग कसुरमा एक जना पक्राउ
ज्यान मार्ने उद्योग कसुरमा एक जना पक्राउ
गोरखा ः ज्यान मार्ने उद्योग कसुर शिर्षकमा गण्डकी गाउपालिका–१ मकैसिङ वुटारकी २६ वर्षिय विमला चेपाङलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङका २५ वर्षिय मन्दिप चेपाङ र विमलाले धारिलो हतियार प्रहारबाट गण्डकी गाउँपालिका–१ कोलडाडाँका २४ वर्षिय सागर गुरुङ घाइते वनेका थिए । ज्यान मार्ने नियतले सुनियोजित ढंगबाट धारिलो हतियार प्रहर गरेको जाहेरीका आधारमा विमलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी विमला विरुद्ध ज्यान मार्ने उद्योग कसुर शिर्षमा मुद्धा दर्ता गरि गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना पछि फरार रहेका मन्दिपको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।