भूकम्प पिडितलाई सहयोग
भूकम्प पिडितलाई सहयोग
गोरखा ः ज्येष्ठ नागरिक संघको अगुवाईमा संकलन भएको २ लाख २१ हजार सात सय ११ रुपैया सहयोग गरिएको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितका लागि उत्त रकम संकलन भएको थियो । ज्येष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहन लाल श्रेष्ठका अनुसार ज्येष्ठ नगरिक संघ बाट ७० हजार, पृथ्वी नारायण साना शहरी खानेपानी संस्थाबाट ५१ हजार एक सय ११ रुपैया, तिनधारे खानेपानी संस्थाबाट ५ हजार र स्वइच्छाबाट सहयोग प्राप्त ९५ हजार छ सय रुपैया गरि २ लाख २१ हजार सात सय ११ रुपैया सहयोग भएको हो ।
उत्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सोमबार मात्र गोरखा उद्योग वाणिज्य संघले ५१ हजार रुपैया भूकम्प पीडितलाई सहयोग गरेको थियो ।