स्याउ उत्पादन भयो, विक्रिमै समस्या
स्याउ उत्पादन भयो, विक्रिमै समस्या
गोरखाःसडक संजाल नपुग्दा चुमनुव्री गाउँपालिकामा उत्पादित स्याउ वजार सम्म ल्याउन समस्या परेको छ ।
चुमनुव्री गाउपालिका–४ प्रोकमा यस वर्ष झण्डै ३० हजार किलो स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ काठमाडौ, पोखरा लगायतको शहरमा पु¥याउन नसक्दा विक्रि हुन सकेको छैन । उत्पादित केहि स्याउ भने मनास्लु क्षेत्र घुम्न आएका पर्यटकलाई विक्रि गर्ने गरिएको छ । ढुवानी समस्याले वजार सम्म उत्पादित स्याउ पु¥याउन नसकिएको स्याउ उत्पादक लाक्पा डुन्डुप लामाले बताए । उनले झण्डै तिन सय रोपनी क्षेत्रफलमा स्याउ खेती गरेका छन् ।
उत्पादित स्याउ खच्चड मार्फत वोकाएर वजार पु¥याउन पनि समस्या रहेको उनले सुनाए । ‘खच्चडबाट वोकाएर ल्याउदा चिसोबाट तातोमा लैजादा विग्रदो रहेछ, फेरि यता उति ठोक्किदा स्याउ राम्रो देखिदैन,’ उनले भने । गत वर्ष भने उनले मनास्लु हिमाल आरोहणका लागि आएका पर्यटक लिएर आएको हेलिकप्टर फर्कदा स्याउ ढुवानी गरेर वजार पु¥याएका थिए । यस वर्ष स्याउ ढुवानीका लागि हेलिकप्टर पनि नपाएको उनले बताए ।
लार्के सडकको ट्र¥याक खुलेसँगै दुई वर्ष अघिबाट माछाखोला सम्म ट्रक, ट्याक्टर, जिप चल्न थालेको छ । तर नामरुङबाट माछाखोला पुग्नै खच्चलाई दुइ देखि तिन दिन लाग्ने उनले बताए । वजारीकरण सजिलो भए स्याउ खेति गर्नेको संख्या अझै वढ्ने यस क्षेत्रका किसान बताउँछन् । प्रोकमा इटलीबाट ल्याएको उन्नत जातका स्याउका विरुवा लगाइएको हो ।
गोल्डेन, फुजी, गाला, रेड डेलिसेस, किङ रेड डेलिसेस जातको स्याउ खेति गरिएको छ । तर सजाल विस्तार नहुँदा उत्पादित स्याउ विक्रिमा समस्या थपिएको छ । उत्पादित स्याउ वजार सम्म पु¥याउन सके राम्रो भाउ पाउने गरेको पनि स्थानीय बताउँछन् ।