जनदेविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
जनदेविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
गोरखाः लियो क्लब अफ गोरखाले गोरखा नगरपालिका–३ स्थित जनदेवि आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
कक्षा १ देखि ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको लियो क्लव अफ गोरखाका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमको अवसरमा २० जना विद्यार्थिलाई कापि कापी, कलम, इलेजर, कटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
विद्यार्थिको शैक्षिक गुणस्तर सुधारमा सहजता ल्याउने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको हो ।