लडेर एक जनाको मृत्यू
लडेर एक जनाको मृत्यू
गोरखा ःपालुङटार नगरपालिका–३ पाथीभराका ५९ वर्षिय कृष्ण बहादुर अधिकारीको लडेर मृत्यू भएको छ ।
शुक्रबार साँझ हिड्ने क्रममा गोरेटो बाटोबाट अचानक ७ मिटर तल सडकको नालीमा वजारिएर उनको मृत्यू भएको हो । उनको टाउकोमा चोट लागेको थियो । इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको प्रहरी टोलीलले मुचुल्का लगायतको प्रारभ्भिक अनुसन्धान गरि शव आफन्तको जिम्मा लगाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै बारपाक सुलिकोट गाउपालिका–६ मसारका जगवहादुर बराम मृत अवस्थामा भेटिएका छन् । वडा नम्वर ६ झाङटार स्थित दरौदी नदी किनारमा ७४ वर्षिय बराम मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीलले शवको मुचुल्का लगायतको प्रारभ्भिक आनुसन्धान सकी आफन्तलाई जिम्मा लगाएको छ । घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।