अपाङ्गता भएका ब्याक्तिहरुको अधिकार विषयमा अन्तरक्रिया

अपाङ्गता भएका ब्याक्तिहरुको अधिकार विषयमा अन्तरक्रिया


सोमवार, मंसिर १८, २०८०


अपाङ्गता भएका ब्याक्तिहरुको अधिकार विषयमा अन्तरक्रिया

गोरखाः अपाङगता भएका व्याक्तिहरुको अधिकार विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत अपाङ्गगता भएका व्यक्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा कार्यक्रम भएको हो ।

कार्यक्रमका सहभागीले अपाङ्गता भएका ब्याक्तिहरु विभिन्न हिंसामा पर्ने गरेको गुनासो गरेका थिए । यसका लागि शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन र अपाङ्गता भएका ब्याक्तिको पनि आत्मवल वढाउने खालका कार्यक्रममा जोड गर्नुपर्ने सहभागीको भनाइ थियो । राज्यले तोके अनुसारको सेवा सुविधाबाट पनि अपाङ्गता भएका नागरिक वन्चित हुनुपरेको सहभागीले बताए ।



यातयातको सहुलियत पनि अपाङ्गता भएका ब्यात्तिले नपाएकाले यस्ता विषयमा सरकारी संयन्त्रबाट अनुमगन हुनुपर्ने, जिल्लामा वन्ने संरचना अपाङ्गता मैत्री हुनुपर्नेमा पनि उनिहरुले जोड दिए । अपाङ्गता भएकाहरुको आत्मसम्मानमा चोट पुग्ने खालका गतिविधि गर्न नहुनेमा सहभागीको जोड थियो । अपाङ्गता भएका नागरिकलाई घरदैलोमा पुगी नागरिकता वितरण जस्ता कार्य गर्दै आएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

हाल सम्म आठ जना अपाङ्गता भएका ब्याक्तिलाई नागरिकता वितरण भइसकेको उनले बताए । गोरखा नगरपालिकाकी नगर उपप्रमुख मसली मायाँ थोकरले नगर क्षेत्रमा मात्र एक हजार ७८ जना अपाङ्गता भएका ब्याक्ति रहेको बताइन् । एक सय ४४ जना ‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाएको, दुइ सय ५६ ले ‘ख’ वर्ग, एक सय ७१ ले ‘ग’ वर्ग र ७० जनाले ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र पाएको उनले बताइन् ।

नगरपालिकाले ‘घ’ वर्गका अपाङ्गता भएका ब्याक्तिहरुका लागि स्वास्थ्य विमा कार्यक्रम संचालन गर्ने योजना रहेको पनि उनले बताइन् । सामाजिक विकास शाखाका प्रमुख दिपेन्द्र परियारको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, एसपी अनुपम श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda