यौन दुब्र्यवहारको आरोपमा एक जना पक्राउ
यौन दुब्र्यवहारको आरोपमा एक जना पक्राउ
गोरखा ः ११ वर्षिय बालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा अजिरकोट गाउपालिका ३१ वर्षिय युवकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पिडित वालिका नाताले पिडकका काकाको छोरी(वहिनी) पर्छिन् । मंसिर १५ गते राती बालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई यौन दुब्र्यवहार भएको भन्दै पिडितका आफन्त मार्फत प्रहरीमा जाहेरी परेको थियो । आइतबार आरोपित विरुद्ध जिल्ला अदालत गोरखामा बाल यौन दुरुपयोग कसुर शिर्षकमा मुद्र्धा दर्ता गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।