बजारमा फेरि चिनी अभाव
बजारमा फेरि चिनी अभाव
सुरुवातः बजारमा फेरि चिनीको अभाव देखिएको छ ।
सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाइँ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव झेलेका हुन् ।
काठमाडौं उपत्यकाका खुद्रा र होलसेल पसलहरुमा फेरि चिनी अभाव भएको व्यापारीहरुले बताएका छन् । केही दिनदेखि बजारमा चिनी अभाव भएको र ग्राहकहरु चिनी नपाएर फर्केको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । संघका कोषध्यक्ष ध्रुव अधिकारीका अनुसार व्यापारीहरुले समेत कतै पनि चिनी किन्न पाएका छैनन् । ‘साल्ट ट्रेडिङ, खाद्य व्यवस्था र चिनीका व्यापारीहरुले बजारमा चिनी पठाएका छैनन्’ अधिकारीले भने, ‘बजारमा फेरि पनि चिनी छैन ।’ पछिल्लो दुई दिनयता चिनीका ग्राहकहरु रित्तोहात फर्किनु परेको उनको भनाइ छ ।
१०÷१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो । तर, दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्द अहिले समस्या बल्झिएको हो । यता वाणिज्य मन्त्रालयले आफूहरु आपूर्ति व्यवस्था मिलाउनका लागि छलफलमा जुटिरहेको जनाएको छ । नेपालका केही मिलहरुले पनि चिनी उत्पादन गर्न थालेको तर त्यो चिनी बजारमा आए नआएकोबारे रिपोर्टिङ लिने काम भइरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए ।