पुस ६ देखि ८ सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
पुस ६ देखि ८ सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
जिल्ला भरबाट झण्डै आठ सय वढी खेलाडीले प्रतियोगीतामा सहभागीता रहने
गोरखाः ११ औँ जिल्ला स्तरीय अन्तरपालिका माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पुसमा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले पुसको ६, ७ र ८ गते जिल्ला स्तरीय प्रतियोगिता हरमटारी रंगशालामा गर्ने तय गरेको हो ।
प्रतियोगीता अन्तरगत ६ वटा विधाको खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं वस्नेतले जानकारी दिए । छात्र, छात्रा भलिवल, कवडी, यथलेटिक्स, सितारियो कँराते, तेक्वान्दो, उस्सू लगायतका खेल हुने छ । पालिका स्तरीय रनिङ शिल्ड बाट छनौट भएर आएका खेलाडीहरुको जिल्ला स्तरीय प्रतियोगीतामा सहभागीता रहने छ । जिल्ला भरबाट झण्डै आठ सय वढी खेलाडीले प्रतियोगीतामा सहभागीता रहने वस्नेतले जानकारी दिए । अहिले पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ ।
अजिरकोट गाउपालिकाको काक्तिक २१ देखि २३, बारपाक सुलिकोट गाउपालिकाको मंसिर ११ देखि १३ सम्म पालिका स्तरीय प्रतियोगीता सम्पन्न गरेका छन् । सिरानचोक गाउपालिकाको १९ देखि २१, आरुघाटको २३ देखि २५, पालुङटारनगरपालिकाको २६ देखि २८, धार्चे गाउँपालिकाको २८ देखि ३०, गण्डकी गाउपाकिलाको २१ देखि २३ गते सम्म पालिका स्तरीय प्रतियोगीता गर्ने तय गरेका छन् । त्यस्तै चुमनुव्री गाउँपालिकाले २३ र २४, गोरखा नगरपालिकाकाले पुसको ३ देखि ५, शहिद लखन गाउपालिकाले मंसिर ३० गते देखि पुस २ गते सम्म प्रतियोगीता गर्ने गरि तयारी गरेको वस्नेतले जानकारी दिए ।
पालिका स्तरमा छनौट भएका खेलाडी जिल्ला स्तरीय प्रतियोगीतामा भाग लिने र जिल्ला स्तरमा छनौट भएका खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने उनले बताए । विभिन्न विधा तर्फ जिल्ला स्तरमा छनौट भएका झण्डै एक सय वढी खेलाडीले पुसको २६ देखि २८ सम्म गण्डकी प्रदेश स्तरीय नवलपुरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा भाग लिन पाउने छन् । जिल्ला स्तरीय प्रतियोगीतामा विजेतालाई शिल्ड,मेडल प्रमाण पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगीता तयारी थालिसकेको पनि वस्नेतले जानकारी दिए ।