अधिकाशं आयोजनामा ठेकेदारको ढिलासुस्ती

अधिकाशं आयोजनामा ठेकेदारको ढिलासुस्ती


मङ्लबार, मंसिर १९, २०८०


अधिकाशं आयोजनामा ठेकेदारको ढिलासुस्ती

गोरखाः प्रदेश र संघ सरकार अन्तरगत संचालनमा रहेको जिल्लाका अधिकाशं रुग्ण र समस्याग्रस्त आयोजनामा ठेकेदारको ढिलासुस्ती देखिएको छ ।

रुग्ण अवस्थामा रहेका सडक, खानेपानी, पुल, सिंचाइ लगायतका आयोजनाबारे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय सांसद हितराज पाण्डे तथा प्रदेश सांसदहरुको उपस्थितिमा अन्तरक्रिया भएको थियो ।



पुर्वाधार विकास कार्यालय अन्तरगत बारपाक–लाप्राक–सडक, घ्याम्पेशाल–पाचखुवा– देउराली–ताकुकोट सडक, माछाखोला–लम्पीवोट–यमगाउँ–गुम्दा सडक, छेवेटारमा निर्माणाधिन वृद्धाश्रम, डुन्डुरे खोला पुल रुग्ण र समस्याग्रस्त आयोजनाको रुपमा रहेको जानकारी गराइएको थियो । यी आयोजनाहरुको म्याद सकिदा सम्म प्रगति न्यून रहेको देखिएको छ ।

निर्माण ब्यवसायीको ढिलासुस्ती,भौगोलिक जटिलता जस्ता कारणले आयोजना सम्पन्न हुन ढिलाई भइरहेको छ । पालुङ्टार कुन्दुरटार सिंचाइ आयोजना अन्तरगत रहेको दुइ वटै योजनाको काम समयमै सम्पन्न हुन सकेको छैन । सम्पन्न गर्नुपर्ने अवधि समाप्त भइसक्दा पनि निर्माण कार्य सन्तोषजनक नरहेको तथा निर्माण ब्यवसायीलाई निरन्तर सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआउने परिपाटी रहेको अन्तरक्रिया कार्यक्रममा बताइएको छ । दुवै आयोजनामा प्रचलित कानुन वमोजिम ठेक्का सम्झौता अन्त्य गरि नयाँ शुरु गर्ने पर्ने कार्यालयले जनाएको छ ।

पुष्पलाल(मध्यपहाडी) राजमार्ग अन्तरगतको योजनाको काममा पनि ढिलासुस्ती भइरहेको छ । मध्यपहाडी अन्तरगतको तिन खण्डमा काम भइरहेको छ । ठेक्का लागेका खण्डमा निर्माण ब्यवसायीको ढिलासुस्ती रहेको योजना प्रमुख नरेन्द्र भट्टले बताए । ११ किलो छेवेटार भालुस्वारा वारपाक सडक योजना अन्तरगत वारपाक सडक खण्ड अन्तरगत रहेको दुइ वटै ठेक्काको काममा ढिलासुस्ती भएको, फिनामटार, जौवारी, भच्चेक सडक खण्डको काममा पनि निर्माण ब्यवसायीको उदासिनता देखिएको, अजुवा खोला पुल निर्माणमा ढिलाई भएको, पालुङटार र तनहुँको राइनस नगरपालिका जोड्ने मोटरेवल पुल निर्माणको पनि ठेक्का सम्झौता सकिदा सम्म योजना निर्माण सम्पन्न नभएको वारे कार्यक्रममा जानकारी गराइएको थियो ।

सिंचाइ कार्यालय अन्तरगत खत्रीटार पौवाटार सोलार लिफ्ट सिंचाइ योजना रुग्ण अवस्थामा रहेको छ । त्यस्तै घरेलु सौर्य उर्जा अन्तरगत धार्चे र चुमनुब्री गाउँपालिकामा संचालित योजनाको काम पनि समयमै पुरा हुन सकेको छैन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तरगत शहिद लखन गाउपालिकाको नाम्जुङ ढोके रह खानेपानी आयोजनाको काम पनि समयमै सम्पन्न हुन सकेको छैन । योजना सम्पन्न गर्नका लागि निर्माण ब्यवसायीलाई ताकेता गरिरहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा सहभागी सम्वन्धित योजनाका निर्माण ब्यवसायीले बजेट अभाव, वन क्षेत्रको समस्या, भौगोलिक जटिलता जस्ता कारणले कामलाई तिव्रता दिन नसकेको बताएका थिए । अधिकाशं खानेपानी योजनामा उपभोक्ता सँग सम्झौता गरेर ठेकेदारलाई काममा लगाउने परिपाटी रहेको बारपाक सुलिकोट गाउपालिका अध्यक्ष विष्णु भट्टले बताए । शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले ठेक्का रद्धले झनै झन्झट हुने परिपाटी देखिएकाले नितिगत सुधार गर्नुपर्नेमा जोड दिए ।

‘एउटा ठेकेदारलाई म्याद थप कतिपटक गर्ने ? यसमा पनि नितिगत निर्णय हुनुप¥यो,’ उनले भने । केहि ठेकेदारले काममा लगाएका मजदुरलाई ज्याला नदिने परिपाटी रहेको पनि कार्यक्रमका सहभागीले बताएका थिए । निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी जिम्मेवार वनेर समयमै गुणस्तरीय काम सम्पन्न गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । म्याद थपिने काम नहुने परिपाटीको अन्त्य हुनुपर्नेमा संघीय सांसद हितराज पाण्डेले जोड दिए । केहि विषयमा भने नितिगत निर्णयको जरुरत रहेको उनले बताए ।

ठेकेदारकै ढिलासुस्तीले काममा ढिलाई भएको भन्दै जटिलता देखिएको विषयमा समन्वय र सहजिकरण गर्दै योजना निर्माणलाई गति दिनुपर्नेमा सहभागीको जोड थियो । कतिपय निर्माणाधिन योजनाको मर्मत गर्नुपर्ने अवस्थामा पुगेको पनि सहभागीको गुनासो थियो । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, सामाजिक विकास मन्त्री शुसिला सिंखडा, प्रदेश सांसद नन्द प्रसाद न्यौपाने,फणिन्द्र देवकोटा लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda