लैङ्गिक हिंसा विरुद्ध सचेतना
लैङ्गिक हिंसा विरुद्ध सचेतना
गोरखा ः गण्डकी गाउँपालिका–६ हवल गाउँ र सिरानचोक गाउँपालिका–७ खहरे वजारमा लैङ्गिक हिंसा विरुद्ध लघु सचेतना कार्यक्रम भएको छ ।
प्रहरी चौकि भुम्लिचोकले हवल गाउँ र नयाँसाघुबाट खटिएको प्रहरी टोलीलले खहरे बजारमा लघु सचेतना कार्यक्रम गरेका हुन् । हवल गाउँमा १५ जना र खहरे वजारमा २० जना स्थानीयको उपस्थितिमा लैङ्गिक हिसा विरुद्धको पर्चा वितरणका साथै लघु सचेतना कार्यक्रम गरिएको थियो । त्यस्तै ‘लैङ्गीक हिंसा अन्त्यको शुनिश्चितताः महिला र बालवालिकामा लगानीको ऐकवद्धता’ भन्ने मुल नाराका साथ धार्चे गाउँपालिका–५ माछाखोलामा अन्तरक्रिया कार्यक्रम भएको छ ।
गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, प्रमुख प्रशासकीय अधिकृ काजिमान सुनार लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै मंगलबार पालुङटार नगरपालिका–१० मिरकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीलले सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा वडा नम्वर १० का वडा अध्यक्ष रिखराज धौराली लगायतको सहभागीता रहेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्लाका भर विविध कार्यक्रम भएका छन् ।