भिमसेन थापा गाउँपालिकामा अन्तरक्रिया
भिमसेन थापा गाउँपालिकामा अन्तरक्रिया
गोरखाः भिमसेन थापा गाउँपालिकाले भुमिहिन, सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने सम्वन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका प्राविधिहरुले सम्वन्धित वडा अध्यक्षहरु सँग समन्वय गरी कुन वडामा कति सरकारी जग्गाहरु छन्, एकिन विवरण निकाली पालिकामा वुझाउने विषयमा पनि छलफल भएको थियो ।
उत्त जग्गाको वारेमा यथार्थ वुझि सुकुम्वासी र अब्यवस्थित वसोवासीलाई उपलब्ध गराउन उपयुत्त हुने नहुने विषयमा अध्ययन गर्नुपर्ने कार्यक्रमका सहभागीले बताएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जरा, उपाध्यक्ष अमृता देवी वस्ती, राष्ट्रिय भुमि आयोगकी जिल्ला अध्यक्ष कमला नहर्की वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।