मोतियाविन्दु शिविरबाट ३३ जना लाभान्वीत
मोतियाविन्दु शिविरबाट ३३ जना लाभान्वीत
गोरखाः गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा भएको मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३३ जना लाभान्वीत भएका छन् ।
गोरखा नगरपालिकाको ११ जना र अन्य नगरपालिका तथा गाउपालिकाको २२ जना गरी ३३ जनाको मोतियाविन्दुको शल्यक्रिया भएकोे केन्द्रका प्रशासकीय अधिकृत विश्व प्रकाश अर्यालले जानकारी दिए ।
शिविर मसिर १९ देखि २१ गते सम्म संचालन गरिएको थियो । गोरखा लायन्स आँखा सेवा केन्द्रले बिभिन्न समयमा र नियमित रुपमा समुदायमा गएर आँखा जाच गरि रहेको र सो जाँचको क्रममा मोतिबिन्दुको शल्यक्रिया गर्नु पर्ने भएमा केन्द्रमा पठाउने गरेको छ ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले बिद्यालय, समुदायमा आँखा जाच कार्यक्रमलाइ निरन्तरता दिदै आइरहेको छ । सो अवसरमा बिरामीहरु मार्फत आफ्ना परिवारका सदस्य तथा छिमेकीहरुलाइ नियमति आँखा जाच गर्नको लागी सेवा केन्द्र जान अनुरोध पनि गरिने गरेको छ ।