गण्डकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
गण्डकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
गोरखाः गण्डकी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता विहिबारबाट शुरु भएको छ ।
गण्डकी गाउपालिका–७ ज्ञानमार्ग माविमा भएको प्रतियोगीतामा विहीबार दौड, छेलो, लङ जम्प, भलिबल लगायतका खेल सम्पन्न भएको शिक्षा शाखाका अधिकृत सुदिप पन्थले जानकारी दिए । तिन दिन सम्म चल्ने प्रतियोगीतामा गाउँपालिका भरिका ११ माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् ।
प्रतियोगीता अन्तरगत छात्र, छात्रा अन्तरगत १५ विधाका खेल हुने पन्थले जानकारी दिए । भलिवल, यथलेटिक्स, कवडी, लगायतका खेल हुने छ । प्रतियोगीतामा विजेता वन्ने टिमले सिल्ड, मेडल प्रमाणपत्र पुरस्कार पाउने छन् ।