बुढीगण्डकीको निर्माण अघि बढाउनुपर्छ ः ओली
बुढीगण्डकीको निर्माण अघि बढाउनुपर्छ ः ओली
गोरखाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुआब्जा वितरण अन्तिम चरणमा पुगीसकेको वुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण अघि वढाउनुपर्ने बताएका छन् ।
नेकपा एमालेले संचालन गरेको समृद्धिका लािग संकल्प यात्राको क्रममा गोरखा आइपुगेका ओलीले शनिबार सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै देशको हित हुने गरि कुनैपनी देशलाई आयोजना निर्माण गर्न दिनुपर्ने धारणा राखे । आयोजना नेपाल सरकार आफैले वनाउछु भन्नु असंभव जस्तै रहेको उनको भनाइ थियो ।
‘वुढीगण्डकीलाई गर्न खोजेको के हो थाहा छैन,’ उनले भने,‘नेपालका परियोजना कुन देशले वनाउदा नेपाललाई फाईदा हुन्छ, उहि देशलाई दिनुपर्छ, जिमआरले अपर कर्णाली नबनाएको १५ वर्ष भयो, फेरि अर्को आयोजना पनि उसैलाई दिनुपर्ने यसमा के छ ।’ कर्मचारीलाई तनखा खुवाउन आन्तरिक ऋण उठाउने सरकारले वुढीगण्डकी आफै वनाउछु भन्नु असंभव जस्तै रहेको उनले बताए । ‘शेरवहादुर जी प्रधानमन्त्री हुँदा बुढीगण्डकी के गर्नुहुन्छ भनेर सोधे, उहाले हामी आफै वनाउछौ भन्नुभयो, पैसा छ र भन्दा मज्जाले छ भन्नुभयो,’ उनले भने, ‘प्रधानमन्त्रीको धाक, अहिले सम्म अवस्था उस्तै छ, नेपाल आफैले बुढीगण्डकी अघि वढाउने कुरा सम्भव देखिदैन ।’
वुढीगण्डकी निर्माणका लागि स्थानीयको पनि सहयोगको जरुरत रहेको उनको भनाइ छ । ‘कतिपय आयोजनामा मुआब्जा लिने पछि छाड्न नमान्ने, झमेला गर्ने परिपाटी पनि छ,’ उनले भने,‘अयोजना नवन्दा सम्म वाझै छाड्न पर्छ भन्ने छैन, भोगचलन गरेहुन्छ, लाभ लिए हुन्छ, आयोजना वन्न थालेपछि भने झमेला नगरौँ ।’ त्यस्तै ओलीले मध्यपहाडी अन्तरगत पालुङटार–मसानेपाटी सडक खण्डको दुरअवस्था रहेको पनि उनले बताए ।
‘प्रधानमन्त्रीकै क्षेत्रको सडक, १०० किलोमिटर यात्रा गरेँ भनेको १६ किलोमिटर रहेछ,’ उनले भने,‘यस्तो दुरअवस्थाको अन्त्य गर्नुपर्छ ।’ पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा शुक्रबार पालुङटारमा भएको सभालाई सम्वोधन गर्दै ओलीले देशका सम्पुर्ण सममस्याको समाधानका लागि नेकपा एमालेको वहुमतको सरकार चाहिने बताए । एमाले वाहेक अरुले देशको समस्या समाधान गर्न नसक्ने उनले बताए ।
‘छिमेकीहरु सग राष्ट्रिय हितमा केन्द्रित भएर संवाद गर्न अरुले सक्दैन, विकास निर्माणका काम अघि वढाउन अरुले सक्दैन, शान्ति सुब्यवस्था कायम गर्न, भ्रष्टचार नियन्त्रण गर्न, तस्करी नियन्त्रण गर्न अरुले सक्दैन,’ उनले भने,‘देश विकासका लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहियो, राष्ट्रिय शक्ति निर्माणको आवश्यकता छ ।’ सवै तत्व मिलेर एमालेलाई समाप्त पार्न खोज्दा पनि देशकै दोस्रो ठुलो पाटी वनेको उनले बताए ।
‘साडे दुइ वर्ष अघि दुइ तिहाइको सरकार थियो, ६ प्रदेशमा कम्यूनिष्ट सरकार थियो, त्यसलाई तोड्नेहरु कोहि होइनन, वामपन्थी खोल ओडेर हिड्नेहरु नै हुन्,’ उनले भने,‘अव हामीले के वुझन जरुरी छ भने सवै तत्व मिलेर एमाले समाप्त पार्न खोज्दा पनि देशको दोस्रो ठुलो पार्टी बन्यो ।’ अहिलेको सरकारले राष्ट्रिय हितको पक्षमा आवाज उठान नसक्ने गरि निरिह वनेको उनले आरोप लगाए ।
‘राष्ट्रियता कमजोर हुने, छिमेकी सँग अन्तराष्ट्रिय सम्वन्ध समानताका आधारमा भएन, फरक ढंगबाट प्रस्तुत भइरहेको छ, यो मैले सरकारलाई भनिरहेको छु,’ उनले भने । अभियान अन्तरगत शुक्रबार पालुङटार हुदै आएको अध्यक्ष ओली सहितको टोलीललाई विभिन्न क्षेत्रका स्थानीयले स्वागत गरेका थिए । शनिबार आरुघाट हुदै अभियान अन्तरगतको टोली धादिङ हुदै बाग्मती प्रदेश प्रवेश गरेको छ ।