ओसन कप यु–१३ मा २ खेल सम्पन्न
ओसन कप यु–१३ मा २ खेल सम्पन्न
गोरखाः गोरखा नगरपालिका–९ दलभन्ज्याङमा संचालित ९ औं ओसन कप यु–१३ विद्यालय लिग फुटबल प्रतियोगितामा शनिबार २ खेल सम्पन्न भएको छ ।
शनिबार भएको प्रतियोगिताको पहीलो खेल सुर्यमुखि बोर्डिङ स्कुल र सरस्वती माध्यमिक विद्यालय बिच भएको थियो । उत्त खेलमा ४–० को गोल अन्तरमा सुर्यमुखि बोर्डिङ स्कुल विजयी वनेको छ । सुर्यमुखीका लागि मन्जिल कुमालले २, अंकित थापा मगर १ गोल गरेका थिए । त्यस्तै द ओल्ड क्यापिटल माध्यमीक विद्यालय र लक्ष्मि सामुदायिक शिक्षा सदन बिच भएको खेलमा ४–२ गोलको अन्तरमा द ओल्ड क्यापिटल माध्यमीक विद्यालय विजय भएको छ ।
द ओल्ड क्यापिटल माध्यमीक विद्यालयका विपन गरुङले ३ र बिहान घलेले १ गोल गरेका थिए भने लक्ष्मि सामुदायिक शिक्षा सदनका सन्दिप सिर्मलले २ गोल गरेका थियो । प्रतियोगितामा पहिलो हुने विद्यालयले सात हजार पाँच सय टूफी, मेडल र प्रमाणपत्र पाउने आयोजक द ओसन क्लवले जनाएको छ । त्यस्तै गरि दोस्रो हुने विद्यालयले तिन हजार पाँच सय नगद पुरस्कार ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।