आरुघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
आरुघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
गोरखाः आरुघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता शनिबारबाट शुरु भएको छ ।
आरुघाट गाउँपालिका स्थित भीमोदय माध्यमिक विद्यालयमा भएको प्रतियोगीतामा शनिबार दौड, भलिबल लगायतका खेल भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । तिन दिन सम्म चल्ने प्रतियोगीतामा गाउँपालिकाको १३ माध्यमीक विद्यालय र १ वोर्डिङ स्कुलले सहभागीता जनाएका छन् ।
प्रतियोगीता अन्तरगत छात्रा,छात्र अन्तरगत १५ विधाका खेल हुने गुरुङले जानकारी दिए । यथलेटिक्स, कवडी, भलिबल लगायतका खेल हुने छ । प्रतियोगीतामा विजेता बन्ने विद्यालयले रनिङ शिल्ड, टूफी र २० हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै गरि द्धितीय हुने टिमले भने १५ हजार, ट्रफी र ५० प्रतिशत खेलमा सहभागि हुने विद्यालयले १० हजार सो भन्दा कम खेलमा सहभगि विद्यालयलाई ५ हजार पाउने गुरुङले जानकारी दिएको छ ।