गोरखा अदालत भवनको उद्घाटन
गोरखा अदालत भवनको उद्घाटन
न्यायपालिकमा सुधारको संकेत देखिन थालेको प्रधानन्याधिश श्रेष्ठको भनाइ
गोरखा ः गोरखा जिल्ला अदालत भवनको उद्घाटन भएको छ । शुक्रबार प्रधानन्याधिश विश्वम्भर श्रेष्ठले एक कार्यक्रमका विच भवनको उद्घाटन गरे ।
भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दै श्रेष्ठले दुइ वर्ष नाघेका मुद्धाहरु शुन्यमा ल्याउने उदेश्यका साथ अदालतहरु लागि परेको बताए । अहिले न्यायपालिका लयमा हिड्न थालेको र आफुले पदभार संहालेको छोटो अवधिमा सुधारको स्पष्ट संकेत देखिन थालेको पनि उनले बताए । अहिले न्यायपालिकाको आन्तरिक वाह्य बातावरण अनुकुल वनेको उनले बताए । न्यायलय सुधारका लागि लागि परेको पनि श्रेष्ठको भनाइ छ ।
स्वचालित प्रणाली मार्फत पेशी तोक्ने पद्धती सर्वोच अदालतमा प्रभावकारी देखिएकाले अव छिट्टै उच्च अदालत र जिल्ला अदालतहरुमा प्रयोगमा ल्याउने योजना रहेको बताए । जिल्ला अदालतको नयाँ भवन वनेसँगै सेवा प्रवाह थप मजवुद वनेको श्रेष्ठले बताए । ६ तले अदालत भवनको तिन वर्ष अघि नै पुननिर्माण सकिएको थियो । उत्त भवनमा ४७ कोठा र चार वटा इजलास कक्षा रहेको जिल्ला न्यायाधिश तेजेन्द्र प्रसाद शर्माले बताए । २०७४ मंसिरबाट निर्माण शुरु भएको भवनको २०७७ माघमा निर्माण सम्पन्न भएको थियो ।
१५ करोड ६४ लाखको लातमा भवन निर्माण भएको हो । भूकम्पले जोखिम वढाएपछि अदालतको भवन पुननिर्माण भएको थियो । नयाँ भवन निर्माण भएसँगै सेवाप्रवाहमा सहज वनेको जिल्ला न्यायाधिश शर्माले बताए । शुक्रबार भएको भवन उद्घाटन समारोमा उच्च अदालत पोखरामा मुख्य न्यायाधिश माधवप्रसाद पोखरेल, गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, जिल्ला समन्वजय समितिका प्रमुख मोहन वहादुर थापा लगायतले मन्तब्य राखेका थिए । त्यस्तै भवन उद्घाटन समारोहको अवसरमा जिल्ला न्यायाधीश शर्माद्धारा लिखित ‘स्थानीय न्यायीक समितिमा विवाद ब्यवस्थापनःकार्यविधि दिग्दर्शन’को पनि लोकार्पण गरिउको छ । प्रधानन्याधिश श्रेष्ठले शुक्रबार पुस्तकको लोकार्पण गरे ।