द्रब्यशाह क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला खुल्यो
द्रब्यशाह क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला खुल्यो
गोरखा ः गोरखा नगरपालिका–९ लक्ष्मिवजारको द्रब्यशाह वहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा स्वतन्त्र विद्याथीय युनियन सहित विद्यार्थी संघ÷संगठनले लगाएको ताला खुलेको छ ।
क्याम्पस ब्यवस्थापन समिति, प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी संगठन विच ५ वुदे सहमित भएसँगै आइतबार ताला खुलेको हो ।
व्यवस्थापन मानविकि र शिक्षाशास्त्र अन्तर्गत संञ्चालित कक्षाहरुको पठनपाठनलाई नियमित गराउने जिम्मेवारी प्रदान गर्ने, आन्तरिक परिक्षा समिति मार्फत आन्तरिक परिक्षालाई थप व्यवस्थित बनाउने,विद्यार्थीहरुको धेरै भन्दा धेरै सहभागिताको लागि स्ववियु विद्यार्थी संघ सगठनका प्रतिनिधिहरु संग सहकार्य गर्ने सहमित जुटेको छ ।
क्याम्पसको शैक्षिक क्यालेण्डरमा निर्धारण गरिएको अतिरिक्त क्रियाकलाप नियमित संञ्चालन गर्न अतिरिक्त क्रियाकलाप समितिलाई थप जिम्मेवार बनाउने लगायतका विषयमा पनि छलफल भएको थियो ।