गण्डकी गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानमार्ग मावि लाई
गण्डकी गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानमार्ग मावि लाई
गोरखाः गण्डकी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानमार्ग माध्यमिक विद्यालयले जितेको छ ।
नौ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित वडा नम्वर ७ को ज्ञानमार्ग पहिलो वनेको हो । ज्ञानमार्गका लागि मनिष गुरुङले एकल विधामा ४ स्वर्ण, रन्जिता विकले ३ स्वर्ण जित्दै विद्यालयको पदक तालिकलाई अघि ल्याएका थिए ।
प्रतियोगीतमा वडा नम्वर ४ को दिर्घेश्वर मावि दोस्रो वनेको छ । दिर्घेश्वरले ५ स्वर्ण, ३ रजत र ३ कास्य जितेको थियो । वडा नम्वर ८ को सुर्योदय मावि ४ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित तेस्रो वनेको छ ।
ज्ञानमार्ग माविका छात्रा रन्जिता विक र छात्र मनिष गुरुङ सर्वोत्कृष्ट खेलाडी वने । उनिहरुले गाउँपालिकाले घोषणा गरे बमोजिम वार्षिक एक लाख सम्मको छात्रवृद्धि पाउने छन् । तिन दिन सम्म चलेको प्रतियोगिताका विजेतलाई शनिबार गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।