गोरखपुर ‘खिचडी’ पठाउने परम्परालाई निरन्रता दिन छलफल
गोरखपुर ‘खिचडी’ पठाउने परम्परालाई निरन्रता दिन छलफल
गोरखा ः भारतको गोरखपुरमा माघ १ गतेबाट हुने ‘खिचडी जात्रामा’ गोरखाबाट खिचडी पठाउने परम्परालाई निरन्तरता दिन छलफल शुरु भएको छ ।
केहि वर्ष अघि सम्म खिचडी पठाएपछि गोरखपुरमा जात्रा प्रारभ्भ हुने प्रचलन रहेको गोरखनाथ आश्रमका अध्यक्ष होम सिं वस्न्यातले बताए । प्रत्येक वर्षको माघ १ गते गोरखपुरमा हुने खिचडी जात्रामा गोरखा दरवारबाट खिचडीका सामाग्री पठाउने प्रचलन लाई अव निरन्तरता दिने विषयमा छलफल शुरु गरिएको उनले बताए ।
‘केहि वर्ष अघि राजतन्त्र हुदाँ सम्म नेपालबाट खिचडी पठाउने प्रचलन थियो, राजतन्त्र गएपछि यो कार्य रोकिएको छ,’ वस्न्यातले भने,‘यो परम्परालाई फेरि निरन्तरता दिन सकिन्छ कि भनेर प्रयास गरेका हौँ ।’ यसै वर्ष गोरखाबाट वाजागाजा सहित खिचडी लिएर जाने परम्परालाई निरन्तरता दिने गरि छलफल शुरु गरिएको वस्न्यातले जानकारी दिए ।
‘माघको १ गतेबाट गोरखपुरमा जात्रा प्रारभ्भ हुदो रहेछ, पुसको २९ गते यहाँबाट खिचडीका सामाग्री लिएर जाने पुरानो परम्परालाई निरन्तरता दिन खोजेका हौँ,’ उनले भने,‘यो धार्मिक परम्परा हो, यसलाई निरन्तरता दिन सके गोरखपुर र गोरखा नगरपालिका विच एकखालको सम्वन्ध स्थापना पनि हुन्छ, धार्मिक पर्यटक पनि भित्राउन सक्छौ ।’
त्यस्तै गोरखा नगरपालिका र भारतको गोरखपुर नगरपालिका विच भगिनि सम्वन्ध स्थापनाका लागि पनि प्रारभ्भिक छलफल भएको छ । गोरखा भ्रमणमा आएका अन्तराष्ट्रिय गौमाता सेवा महासंघका अध्यक्ष दिनेश उपाध्याय सहितको टोलीले आइतबार गोरखा नगरपालिका मेयर कृष्ण राना सँगको भेटमा भगिनि सम्वन्ध स्थापनाबारे छलफल गरेका थिए ।
गोरखा र गोरखपुर विच धार्मिक तथा पर्यटकीय विकासमा सघाउ पु¥याउने उदेश्यले भगीनि सम्वन्ध स्थापनावारे चर्चा भएको छलफलमा सहभागी वस्न्यातले बताए । उपाध्यायले भगिनि सम्वन्ध स्थापनामा आफ्नो तर्फबाट पनि पहल गर्ने बताएका थिए ।