बैकिङ कसुर मुद्धामा फरार एक जना पक्राउ
बैकिङ कसुर मुद्धामा फरार एक जना पक्राउ
गोरखाः बैकिङ कसूर मुद्धामा फरार रहेकी झापा साविकको घैलाडुब्बा गाविस–९ घर भइ हाल गोरखा नगरपालिका–६ वस्ने पम्फा देवी बराइलीलाई प्रहरीले पक्राउ गरेको छ ।
११ लाख ४० हजार पाच सय ७४ रुपैया सापटी रकम फिर्ताका लागि उनले एन.एम. बि वैक गोरखा शाखामा रहेको आफ्नो खाताको चेक काटेकी थिइन् । उत्त चेक सटहीका लागि जाँदा खातामा प्रयाप्त रकम नभएपछि चेक अनादार भइ फिर्ता भएको भन्दै बराइलीललाई कारवाही गरी चेकमा उल्लेखित रकम फिर्ता दिलाउन माग गर्दै चितवन कालिका नगर–७ वस्ने ६२ बर्षिय बिन्दु कुमारी सुनारले वैकिङ कसुर मुद्धा दर्ता गरेकी थिइन ।
अनुसन्धानको क्रममा फरार रहेकी बराइलीललाई खोजतलासको क्रममा सोमबार गोरखा नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार नै गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएर बैकिङ कसुर मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।