पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
गोरखाः पालुङटार नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता मंगलबारबाट शुरु भएको छ ।
पालुङटार नगरपालिका स्थित ठाटिपोखरी खेलकुद मैदानमा भएको प्रतियोगीतामा पहिलो दिन दौड, भलिबल लगायतका खेल भएको गाउँपालिका शिक्षा साखा प्रमुख माधब पोखरेलले जानकारी दिए । तिन दिन सम्म चल्ने प्रतियोगीतामा नगरपालिकाको १३ माध्यमीक विद्यालय र ३ वोर्डिङ स्कुलले सहभागीता जनाएका छन् ।
प्रतियोगीता अन्तरगत छात्रा,छात्र अन्तरगत १५ विधाका खेल हुने पोखरेलले जानकारी दिए । यथलेटिक्स, कवडी, भलिबल लगायतका खेल हुने छ । प्रतियोगीतामा पहिलो, दोस्रो र तोस्रो बन्ने विद्यालयले रनिङ शिल्ड र ट्रफी पाउने छन् ।