शिक्षकलाई साक्षरता सिप अभिवृद्धि तालिम
शिक्षकलाई साक्षरता सिप अभिवृद्धि तालिम
गोरखाः जिल्लाको एक सय सामुदायिक विद्यालयका नेपालीभाषा शिक्षण गर्ने शिक्षकहरुलाई साक्षरता सिप अभिवृद्धि गर्ने उदेश्यले संचालित ४ दिने तालिम मासम्पन्न भएको छ ।
विगत २वर्ष देखि रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, एकिकरण नेपाल, गोरखा र स्थानिय सरकारको समन्वयमा १०० सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम संचालित छ । कार्यक्रम लागु भएका विद्यालयहरुको कक्षा १ र कक्षा २ मा नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरु लाई चार दिने तालिम संचालन भएको हो ।
संस्थाका कार्यकारी निर्देशक हरी देवकोटाको अध्यक्षतामा दुई चरणमा कार्यक्रम संचालन भएको थियो । तालिममा एकीकृत पाठ्यक्रम अनुसार कक्षा १ र २ को सक्षमता हासिल गर्न बालबालिकाहरुमा पढ्ने सिप र वानिको विकासका लागि नयाँ शैक्षणिक रणनीतिको उपयोगको सिप प्रदान गरीएको थियो ।
तालिममा पढाइका भाषिक आठ तत्व, सिप शिक्षणका चरण, विद्यार्थी मूल्याङकन, शैक्षणिक सामग्री र प्रयोग, पठन सिपविकासको लागि स्थानिय शैक्षणिक सामग्री पहिचान र प्रयोग, वर्ण पत्ती, मात्रापत्ती, शब्दपत्ती, पिनह्विल चार्ट, वर्ण गोटी आदि सामग्रीको निर्माण अभ्यास विसंकेतन पाठ निर्माण अभ्यास, डिजिटल सामग्रीको प्रयोग साक्षरतायूक्त कक्षाकोठा, अनलाइन पुस्तकालय, कार्यक्रमको दिगोपना लगायतका विषयमा छलफल भएको थियो ।