नारायणगढ मुग्लिन सडक ७ पुसदेखि दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ मुग्लिन सडक ७ पुसदेखि दैनिक ४ घण्टा बन्द हुने


आइतवार, पुस १, २०८०


नारायणगढ मुग्लिन सडक ७ पुसदेखि दैनिक ४ घण्टा बन्द हुने

सुरुवातः नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो ।



गत बर्ष पनि सो खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो । त्यसका लागि भारतीय दूतावासमार्फत भारतबाट विष्फोटक पदार्थ ल्याउने तयारीसमेत गरिएको थियो । तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न लागिएको आयोजनाले जनाएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार रक स्प्लीटर, हाइडो«लिक ज्याक हेम्बरको सहयोगमा चट्टान फुटाउन प्रयास गरिनेछ । यस्तै, यसपटक ३८ टनको ब्रेकर पनि प्रयोग गरिने उनले जानकारी दिए । यसअघि २२ टनको ब्रेकर प्रयोग गरिएको थियो । ‘सकभर यसरी नै फुटाउने र केही तल झार्ने निष्कर्ष निकालेर काम गर्न लागिएको हो’, आयोजनाका सूचना अधिकारी आचार्यले भने, ‘यति गर्दा पनि भएन भने अन्तिम विकल्पका रुपमा विस्फोट नै गराउने हुन्छ, सकभर विस्फोट नगराएर नै काम गर्न सकिन्छ कि भन्ने उद्देश्य राखिएको हो ।’ गत बर्ष झण्डै तीन महिना तुइन खोलाको पहाडमा सडक बन्द गरेर ६० मिटर अग्लो ठाउँबाट चट्टान काट्ने प्रयास गरिएको थियो । करिब ३० प्रतिशत चट्टान फुटाएपछि काम रोकिएको थियो ।

तुइन खोलामाथिको पहाडमा अनुमान गरेभन्दा कडा चट्टान भेटिएपछि आयोजना नियन्त्रित विस्फोट मार्फत पहाड फुटाउने विकल्पमा पुगेको थियो । तुइन खोलाको नारायणगढतर्फको भाग भने अधिकांश काटिसकिएको छ । यो सडक खण्डमा नयाँ १९ वटा पुल बन्ने योजना भए पनि हालसम्म ९ वटा पुलमात्र सञ्चालनमा आएका छन् । ८ वटा पुल आगामी दुई महिनाभित्र सञ्चालन गर्ने तयारी छ । खहरे खोलाको एउटा पुल निर्माणधीन छ भने, तुइन खोलाको पुल निर्माण सुरु नै भएको छैन ।

खहरेको पुलको पनि स्लाब ढलानको काम १५ दिन भित्र नै सक्ने योजना छ । बीम ढलानको काम सकिसकेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको हो ।

प्याकेज २ अन्तर्गतका जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभानका आठ पुल बनिसकेका छन् । प्याकेज १ का २ पुल बन्न बाँकी छन्, चिसेञ्जी, काली, टोपे, न्याम्सी र रिग्दीखोलाका गरेर ५ पुल बनिसकेका छन् । प्याकेज–१ का पुलको लागत ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँ र प्याकेज–२ का पुलको ५९ करोड ५ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

यो सडकखण्डका सबै पुल २५ मिटरभन्दा लामा छन् । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार भइसकेको तर पुलहरु साना र जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेपछि सबै पुलहरुलाई नयाँ बनाइएका हुन् ।

पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटरका छन् । पुल बनाउन २०७६ चैत्र १० मा सम्झौता भएको थियो । ठेक्काको म्याद पुस मसान्तमा सकिँदैछ । बाँकी रहेका दुई पुल बनाउन १ बर्ष म्याद थपका लागि ठेकेदार अनक कन्सस्ट्रक्सनले माग गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda