शहिदलखन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
शहिदलखन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
गोरखाः शहिदलखन गाउँपालिका स्तरीय प्रथम शहिदलखन थापा स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता शनिबारबाट शुरु भएको छ ।
शहिदलखन गाउँपालिका–६ स्थित घैरुङमा रहेको खेलकुद मैदानमा भएको प्रतियोगीतामा पहिलो दिन दौड, भलिबल लगायतका खेल भएको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए । तिन दिन सम्म चल्ने प्रतियोगीतामा गाउँपालिकाको ११ माध्यमीक विद्यालयले सहभागीता जनाएका छन् ।
प्रतियोगीतामा छात्रा,छात्र अन्तरगत १४ विधाका खेल हुने खनालले जानकारी दिए । यथलेटिक्स, भलिबल, दौड जङ जम्प, सटपुट लगायतका खेल हुने छ । प्रतियोगीतामा पहिलो, दोस्रो र तोस्रो बन्ने विद्यालयले रनिङ शिल्ड र ट्रफी पाउने छन् । प्रतियोगीताको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका विच उद्घाटन गरेकी थिइन् ।