धार्चेमा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभात किरण माविलाई
धार्चेमा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभात किरण माविलाई
गोरखाः धार्चे गाउँपालिकामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभात किरण माध्यमिक विद्यालयले जितेको छ ।
वडा नम्वर ७ स्थित लापुवेशीमा रहेको प्रभातकिरण माविले ७ स्वर्ण, ३ रजत, र २ कास्य गरी १२ पदक जितेको छ । त्यस्तै केरौजा मावि दोस्रो वनेको छ । ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरि केरौजा मावि दोस्रो वनेको हो ।
लाप्राकको मणिकामादेवी मावि तेस्रो वनेको छ । मणिकामादेवीले ४ स्वर्ण, ४रजत र २ कास्य पदक जितेको छ । पहिलो हुने प्रभात किरण माविले शिल्ड मेडल प्रमाणपत्र पाएको छ । दोस्रो र तेस्रो हुनेले ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
विजेतालाई गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, उपप्रमुख सुनिला गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । तिन दिन सम्म चलेको प्रतियोगितामा नौ विद्यालयको सहभागीता जनाएका थिए ।