नगरपालिकाले सुरु ग¥यो ‘ई–सिफारिस’ सेवा

नगरपालिकाले सुरु ग¥यो ‘ई–सिफारिस’ सेवा


बुधबार, पुस ४, २०८०


नगरपालिकाले सुरु ग¥यो ‘ई–सिफारिस’ सेवा

गोरखा ःगोरखा नगरपालिकाको सवै वडामा अनलाइनबाट सिफारिस दिन शुरु भएको छ । नगरपालिकाले मंसिर २० गतेबाट अनलाइन सिफारिसको सुरुवात गरेको हो ।

वडाबाट प्रवाह हुने सेवालाई छिटो र छरितो तवरले सम्पन्न गर्न ‘ई–सिफारिस’ सेवाको सुरुवात गरेको नगरपालिकाको सुचना प्रविधि शाखाका सुयोग रमण खनालले जानकारी दिए । घरबाटो सिफारिस, नाता प्रमाणीत लगायतको वडाबाट गरिने एक सय भन्दा वढी सिफारिस अनलाईन प्रविधिबाटै दिन थालिएको उनले बतबाए । ‘यस अघि कम्प्यूटरमा टाइप गरेर लेटरहेडबाट सिफारिस वनाउनुपथ्र्यो, रेकर्ड कहा पुग्थ्यो खोज्नै समय लाग्ने हुन्थ्यो’ उनले भने,‘अव निवेदनका आधारमा सिस्टममा चुज गरि जुन सिफारिस चाएिको हो त्यहि अनुसार दिन सकिन्छ, सिस्टममा वसेपछि चाहिएका वेला जतिखेर पनि उत्त सिफारिस पछि पनि हेर्न सकिन्छ ।’



ई–सिफारिस दिने पहिलो चरणको काम सकिएकाले दोस्रो चरणमा घरबाटै अनलाइन मार्फत राजस्व तिर्ने ब्यवस्था मिलाउने तयारी थालिएको उनले बताए । ‘भर्खरै सुरुवात भएकाले पब्लीकलाई एक्सेस दिइसकेका छैनौ, वडा कार्यालय पुगेपछि वडा सचिवले नै सिफारिसको फर्मेट अनुसार सिफारिस वनाउनुहुन्छ,’ उनले भने । उत्त सेवा प्रवाह सँगै दश वर्ष पछि पनि चाहिएका कागजात निकाल्न वा हेर्न मिल्ने उनले बताए । सहज सेवाका लागि अनलाईन सिफारिस सुविधा शुरु गरिएको उनको भनाइ छ ।

सिफारिस लिने सेवाग्राहीको रेकर्ड अनलाईनमा रहने छ । ‘नयाँ प्रणाली भएकाले वडा कार्यालयकै सचिवहरुले सजिलै काम गर्न सक्ने गरि ढाँचा बनाएर राखेको छौ,’ उनले भने । वडाका सचिवहरुलाई उत्त प्रविधिबारे अभिमुखीकरण पनि दिइएको नगरपालिकाले जनाएको छ । खनालका अनुसार कुनै पनि वडा कार्यालयमा अनलाईन सिफारिसमा समस्या अएमा नगरपालिकाबाट कर्मचारी पुगेर समस्या समाधानको गर्ने गरि ब्यवस्थापन मिलाइएको छ ।

नगरपालिकाबाट दिने सिफारिसलाई डिजिटलाईज गर्नका लागि उत्त कार्यको आरभ्भ गरिएको जनाइएको छ । आगामी दिनमा अझै व्यवस्थीत गरि घरैबाट सिफारिस अवेदन दिने र घरमै अनलाईन मर्फत सिफारिस लिन सक्ने गरि तयारि गरिएको पनि उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda