तारा माविका विद्यार्थीलाई जर्सि सहयोग
तारा माविका विद्यार्थीलाई जर्सि सहयोग
गोरखाः लायन्स क्लव अफ गोरखा दरौदीले गोरखा नगरपालिक–१० छेवेटारको तारा माविका विद्यार्थीलाई जर्सी वितरण गरेको छ ।
गोरखा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी विद्यार्थीहरुलाई २४ सेट जर्सी सहयोग गरिएको हो । त्यस्तै गोरखा मनकामना यातायात प्रालि १२ किलो इकाईले पनि प्रतियोगीतामा भाग लिने विद्यालयका विद्यार्थीलाई २५ थान जर्सी सहयोग गरेको तारा माविका शिक्षक रमेश विष्टले जानकारी दिए ।
त्यस्तै गोरखा नगरपालिका–१० को वडा कार्यालयले नगद ५० हजार, प्रगतिशिल अमला पानी टोल विकास संस्थाले २० काटुन पानी, छेवेटार टोल विकास संस्थाले १० वोरा चुना पनि छेवेटारको खेलमैदानमा भएको राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगीताका लागि सहयोग प्राप्त भएको छ ।