आजबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
आजबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
गोरखाः आजबाट शुरुहुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको छ ।
जिल्ला खेलकुदविकास समितिको आयोजनामा गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलकुद मैदानमा प्रतियोगिता हुन लागेको हो । तिन दिन सम्म चल्ने प्रतियोगीतामा जिल्लाका ११ वटै पालिकाको खेलाडी सहभागी हुने छन् ।
प्रतियोगीता तिन दिन सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिं वस्नेतले जानकारी दिए । प्रतियोगीता अन्तरगत छात्र, छात्रा भलिवल, कवडी, यथलेटिक्स, सितारियो कँराते, तेक्वान्दो, उस्सू लगायतका खेल हुने छ । प्रतियोगीतामा पहिलो हुने पालिकाले रनिङ शिल्ड, ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । दोस्रो र तेस्रो बन्ने पालिकालाई प्रमाणपत्र, मेडल र ट्रफी पाउने छन् । पालिका स्तरीय रनिङ शिल्ड बाट छनौट भएर आएका खेलाडीहरुको जिल्ला स्तरीय प्रतियोगीतामा सहभागीता रहने छ ।
जिल्ला भरबाट झण्डै आठ सय वढी खेलाडीले प्रतियोगीतामा सहभागीता रहने वस्नेतले जानकारी दिए । पालिका स्तरमा छनौट भएका खेलाडी जिल्ला स्तरीय प्रतियोगीतामा भाग लिने र जिल्ला स्तरमा छनौट भएका खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । विभिन्न विधा तर्फ जिल्ला स्तरमा छनौट भएका खेलाडीले पुसको २६ देखि २८ सम्म गण्डकी प्रदेश स्तरीय नवलपुरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा भाग लिन पाउने छन् ।