हरमटारी खेलकुदमैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
हरमटारी खेलकुदमैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
गोरखा ः सदरमुकामको हरमटारी खेलकुदमैदानमा ११ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता भइरहेको छ ।
शुक्रबारबाट भएको प्रतियोगीतामा ११ वटै पालिकाका खेलाडीहरुको सहभागीता रहेको छ । शुक्रबार एक कार्यक्रमका विच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री शुसिला सिंखडाले प्रतियोगीताको उद्घाटन गरेकी थिइन् ।
प्रतियोगीता अन्तरगत छात्र, छात्रा भलिवल, कवडी, यथलेटिक्स, सितारियो कँराते, तेक्वान्दो, उस्सू लगायतका खेल भइरहेको छ । प्रतियोगीतामा पहिलो हुने पालिकाले रनिङ शिल्ड, ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । दोस्रो र तेस्रो बन्ने पालिकालाई प्रमाणपत्र, मेडल र ट्रफी पाउने छन् ।
पालिका स्तरमा छनौट भएका खेलाडी जिल्ला स्तरीय प्रतियोगीतामा भाग लिएको र जिल्ला स्तरमा छनौट भएका खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् ।