आँखा जाँच तथा रत्तचाप परिक्षण शिविरबाट ३ सय ३४ लाभान्वित
आँखा जाँच तथा रत्तचाप परिक्षण शिविरबाट ३ सय ३४ लाभान्वित
गोरखाः गोरखा नगरपालिका–९ मा भएको आँखा जाँच तथा रक्तचाप परिक्षण शिविरबाट ३ सय ३४ जनाले सेवा लिएका छन् ।
गोरखकाली वचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा आँखा जाँच तथा रत्तचाप परिक्षण शिविर भएको हो । महिला दुइ सय २० र एक सय ४ पुरुषले सेवा लिएको संस्थाका अध्यक्ष सुजन कुँवरले जानकारी दिए । आँखा जाँच गरिएका मध्ये ८ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको जनाइएको छ ।
संस्थाले सामाजिक उत्तरदायीत्व अन्तरगत नियमित स्वास्थ्य सम्वन्धि कार्यक्रम गर्दै अबाएको उनले बताए । गोरखा लायन्स आँखा सेवा केन्द्र, लायन्स क्लव अफ गोरखा, नेत्रज्योति संघको शिविरमा प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष कुल वहादुर कुँवर लगायतको सहभागीता रहेको थियो ।