जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोकलाई
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोकलाई
गोरखा ःजिल्ला स्तरीय ११औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ ।
गोरखा नगरपालिका–६ हरमटारी खेलकुद मैदानमा भएको प्रतियोगितामा सिरानचोक गाउँपालिकाले ९ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । त्यस्तै पालुङटार नगरपालिका दोस्रो वनेको छ । ८ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गरि पालुङटार नगरपालिका दोस्रो वनेको हो ।
बारपाक सुलिकोट गाउँपालिका ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेर तितृय बनेको छ । त्यस्तै आरुघाट गाउँपालिकाले २ स्वर्ण, ८ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । गण्डकी गाउँपालिकाले २ स्वर्ण, ७ रजत र ३ कास्य पदक जितेको छ । अजिरकोट गाउँपालिकाले २ स्वर्ण २ रजत र ४ कास्य पदक जितेको छ । भिमसेन थापा गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।
गोरखा नगरपालिकाले २ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेको छ । शहिद लखन गाउँपालिकाले ३ कास्य, धार्चे गाउँपालिकाले १ कास्य र चुमनुब्री गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
पहिलो हुने सिरानचोक गाउँपालिकाले शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो र तेस्रो हुनेले ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । तिन दिन सम्म चलेको प्रतियोगितामा ११ पालिकाले सहभागीता जनाएका थिए ।
विजेतालाई गोरखा नगरपालिका उपप्रमुख मसली माया थोकर, खेलकुद विकास समितिमा अध्यक्ष शान्तसिं वस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।