तमु ल्होसारको अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने
तमु ल्होसारको अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने
गोरखाःधार्चे गाउँपालिका–४ लाप्राकमा तमु ल्होसारको अवसरमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
तमु ल्होसार मूल आयोजक समितिको आयोजनामा पुस १५ गते देखि १८ गते सम्म प्रतियोगिता हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने टिमले ३५ हजार नगद र तेस्रो हुने टिमले २५ हजार नगद साथमा टूफी र मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सहभागी हुनका लागि पुस १५ गते बेलुका सम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । सो कार्यक्रमको अवसरमा छेलो फाल्ने प्रतियोगिता पनि हुने छ । छेलोमा प्रथम हुने र बाँस चढाई प्रतियोगितामा प्रथम हुनेले १–१ वटा लोकल भाले प्राप्त गर्ने आयोजक जनाएको छ ।
त्यस्तै नृत्य प्रतियोगितामा प्रथम ह्ुनेले ३ हजार, दोस्रो २ हजार र तेस्रो हुनेले १ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । गुरुङ भाषा, संस्कार हाम्रो पहिचान, यसको संरक्षण गर्ने हाम्रो अभियान भन्ने नाराका साथ हुन लागेको उक्त मेलामा स्थानीय घाँटु नाँच, लामा नाच, झाँकी नाचको समेत प्रस्तुती रहने आयोजक तमु ल्होसार मूल आयोजक समितिले जनाएको छ ।