फुटवल प्रतियोगिताको उपाधि युनाइटेड युथ क्लवलाई
फुटवल प्रतियोगिताको उपाधि युनाइटेड युथ क्लवलाई
गोरखा ः सिरानचोक गाउँपालिका–५ स्थित चित्रेपोखरीमा भएको खुल्ला फुटबल प्रतियोगिता युनाइटेड युथ क्लवले जितेको छ ।
युनाइटेड युथ क्लव र खोप्लाङ एफ सि विच सोमबार भएको फाइनल खेलमा खेलमा २–० को गोल अन्तरले थालाजुङको युनाइटेड युथ क्लव विजयी वनेको आयोजकले जनाएको छ । युनाइटेड युथ क्लवका राम थापा मगर र सविन श्रेष्ठले १–१ गोल गरेका थिए ।
पहिलो हुने युनाइटेड युथ क्लवले एक लाख ११ हजार १ सय ११ रुपैया नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । दोस्रो भएको खोप्लाङ एफ सिले भने ५० हजार पाँच सय ५५ रुपैया नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
त्यस्तै गरि सेमीफाइनलमा पुगेका आयोजक न्यू दौतरी समुह र सेभेन स्टार डुम्रेले भने १५÷१५ हजार नगद पुरस्कार पाएको आयोजक क्लवले जनाएको छ । चार दिन चलेको प्रतियोगीता सोमबार सकिएको हो । प्रतियोगीतामा २४ टिमको सहभागीता रहेको थियो ।