प्रभावकारी वन्दै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम
प्रभावकारी वन्दै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम
प्रयोशाला परिक्षण पनि निशुल्क
गोरखा ःशहिद लखन गाउपालिकाले पाँच वर्ष अघिबाट शुरु गर्दै आएको ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी वनेको छ ।
ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तरगत छैटौ चरणमा ४० जना गर्भवति महिलाहरुलाई भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । गर्भमा रहेका वच्चाको अवस्था बारे थाहा पाउन कार्यक्रम संचालन गर्दै आएको शहिद लखन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए ।
‘भिडियो एक्सरे मार्फत गर्भमा रहेको वच्चाको अवस्था थाहा पाउने र कुनै समस्या देखिए स्वास्थ्य उपचारका लागि माथिल्लो निकाय सम्म पु¥याई पुर्व सावधानी अपनाउने उदेश्यले यो कार्यक्रम शुरु गरेका हौ,’ उनले भने,‘२०७५ सालबाट शुरु भएको कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।’ भिडियो एक्सरे सेवा लिनकै लागि गोरखा अस्पताल लगायतका अन्य अस्पताल पुग्नुपर्ने वाध्यता पनि हटेको उनले बताए ।
उत्त सेवा निशुल्क रुपमा प्रदान गर्दै आएको उनले बताए । उत्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष गाउँपालिकाले दुइ लाख वजेट छुट्टाइएको हो । प्रत्येक महिना गाउँपालिका भरिका नौ वटै स्वास्थ्य चौकि र कान्टारमा रहेको गाउँघर क्लीनीकबाट उत्त सेवा प्रदान गर्दै आएको उनले बताए । यसै वर्षबाट प्रयोशाला परिक्षण सेवा पनि शुरु गरिएको श्रेष्ठले जानकारी दिए । वुकोट, वक्राङ र घैरुङ स्वास्थ्य चौकिबाट निशुल्क रुपमा प्रयोशाला सेवाको सुरु गरिएको हो ।
ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम अन्तरगत प्रत्येक महिनाको ४ देखि ९ गते सम्म स्वास्थ्य चौकि पुगेर सिनियर अनमीबाट सेवा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ । ‘स्वास्थ्य संस्था सम्म आउन नसक्ने अवस्थामा हुनुहुन्छ भने टोल÷टोलमै पुगेर पनि सेवा प्रदान गर्ने गरेका छौँ,’ उनले भने । प्रयोशाला परिक्षण अन्तरगत ब्लड ग्रुप, हेमोग्लोविन, खुट्टाहरु सुन्निने समस्या लगायतको परिक्षण गर्ने गरिएको उनले बताए । गर्भवति महिलालाई प्रयोशाला परिक्षण पनि अनिवार्य गर्नुपर्ने हुन्छ । उत्त सेवा पनि निशुल्क रुपमा प्रदान शुरु गरिएको उनले बताए ।