रबर उद्योग संचालनको गृहकार्य भइरहेको छ ः प्रधानमन्त्री दाहाल
रबर उद्योग संचालनको गृहकार्य भइरहेको छ ः प्रधानमन्त्री दाहाल
चिन सरकारको सहयोगमा ‘एग्रीकल्चर पार्क’ वनाउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखकाली रवर उद्योग पब्लिक प्राइभेट पार्टनरसिप(पीपीपी) मोडलमा संचालनको गृहकार्य भइरहेको बताएका छन् ।
वुधबार बारपाक सुलिकोट गाउँपालिकामा भएको स्थानीय सरकार÷सरोकारवालासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले केहि समय भित्रै रवर उद्योगको काम अघि वढ्ने विश्वास ब्यक्त गरे । त्यस्तै कृषि क्षेत्रको विकासका लागि ‘एग्रीकल्चर पार्क’ गोरखामै वनाउने तयारी भइरहेको उनले बताए । चिन सरकारको सहयोगमा वन्ने एग्रीकल्चर पार्क निर्माणको अध्ययनका लागि एक महिना भित्रै प्राविधिक टोली नेपाल आउने उनले जानकारी दिए । ‘उहाँहरुको अन्यत्र वनाउने चाहना थियो, मैले सोचे यहाँको जनप्रतिनिधि छु, हजारौ युवाले रोजगारी पाउछन् यो मेरा लागि पनि ठुलो सन्तोषको विषय हुन्छ,’ उनले भने । आर्थिक विकास र समृद्धिका लागि पार्कले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए । त्यस्तै वुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम पनि छिट्टै अघि वढ्ने उनले बताए । आयोजना निर्माणलाई आर्थिक अभाव हुन नदिने उनले बताए । ‘भौतिक पुर्वाधारका निम्ति उठाइने रकमको पाँच प्रतिशत आयोजनामा हाल्ने केहि दिन अघिको क्याविनेटको वैठकबाट निर्णय गराएका छौँ,’ उनले भने । त्यस्तै बारपाक सुलकोट गाउँपालिकाकाको प्राविधिक शिक्षालयको छात्रावास निर्माण गर्ने कार्य पनि अघि वढाउने उनले बताए । पालुङटार नगरपालिकामा रहेको आँपपिपल अस्पताललाई ५० शैयाको स्वीकृती प्रदान गरिने पनि उनले बताए । स्वास्थ्य मन्त्रालय सँग समन्वय गरेर ५० शैयाको स्वीकृत प्रदानको कार्य अघि वढ्ने प्रचण्डको भनाइ छ । गठवन्धन सरकार पाँचै वर्ष जाने पनि प्रचण्डले बताए । एक वर्षे कार्यलयमा केहि रेकर्ड कायम हुने काम भएको र अवको चार वर्षमा धेरै राम्रा काम हुने प्रचण्डको भनाई छ । निर्वाचनमा जनता समक्ष गरेको प्रतिवद्धता नविर्सिएको पनि उनले बताए । ‘जति जे जे षड्यन्त्रहरू भएका छन् हाम्रो गठबन्धन अझ बलियो हुँदै गएको छ । अझ सुदृढ हुँदै गएको छ । यो गठबन्धन पाँचै वर्ष जान्छ’, प्रचण्डले भने, ‘एक वर्ष न बित्यो एक वर्ष बित्दा यति काम भएका छन् भने अर्को चार वर्ष यो गठबन्धन हुँदा हाम्रो अपेक्षाहरू पूरा गर्ने दिशामा ठूला ठूला सफलता हासिल गर्न सक्छौँ’, प्रचण्डको भनाइ छ । उनले हिजोका सामन्तहरू सरकारले गरेको कामदेखि छटपटिएको भन्दै गठबन्धनलाई बदनाम गर्नेतिर लागे पनि उनीहरू सफल नहुने बताए । पछिल्लो समय परिर्वतन विरोधीहरूले सरकार, गठबन्धन र प्राप्त उपलब्धिविरूद्ध षड्यन्त्र गरिरहेको प्रचण्डले बताए । त्यसकै कारण अँध्यारो मात्रै देखाउने काम गर्न खोजिएको उनले चर्चा गरे । यद्यपि, त्यस्ता षड्यन्त्र र परिर्वतनविरोधी अवरोध छिचोल्न सरकार सफल बनेको उनको भनाइ छ । ‘गठबन्धनविरूद्ध विभिन्न षड्यन्त्र र धार्मिक द्वन्द्व सिर्जना गर्न खोजियो । तर उनीहरूले जतिसुकै बल गरे पनि केही भएको छैन । हामीले बडो धैर्य हुँदै धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौं,’ उनले भने । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीले संचालन गरेको ३ महिने अभियान अन्तरगत बारपाक सुलिकोट गाउँपालिका–८ को पार्टी कमीटी वैठकमा पनि सहभागी वनेका थिए । त्यस्तै गण्डकी गाउपालिका–७ घ्याल्चोक, ज्यामिरेघाटमा जनप्रतिनिधि सँगको साक्षत्कार कार्यक्रममा पनि प्रचण्ड सहभागी वने । कार्यक्रममा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले पालिका भित्र यथासभ्भव कार्यान्वयन हुनुपर्ने योजना एवं विभिन्न समस्या वारे जानकारी गराएका थिए ।