टेलरिङ व्यवसायी संघमा नयाँ नेतृत्व
टेलरिङ व्यवसायी संघमा नयाँ नेतृत्व
गोरखा ः गोरखा टेलरिङ व्यवसायी संघको अध्यक्षमा विकास विकास बावु परियार निर्वाचित भएका छन् ।
संघको शनिबार भएको चौथो साधारण सभा तथा दोस्रो अधिबेशनले परियारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा होम वहादुर परियार, उपाध्यक्षमा अमृत परियार, महिला उपाध्यक्षमा सिता श्रेष्ठ, उपाध्यक्षमा दिपक दर्नाल निर्वाचित भएका छन् । सचिवमा सस्मीता मास्के, कोषाध्यक्षमा सन्तोष परियार र सहकोषाध्यक्षमा सुस्मा थापा चयन भएका छन् । सदस्यहरुमा विन्द्रा लामा गुरुङ, श्रीकृष्ण परियार, भिम बहादुर परियार र निर्मला परियार चयन भएका छन् । नेपाल टेलरिङ व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सदिश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिकीउपप्रमुख लिला परियार,गोरखा नगरपालिका नगर प्रमुख कृष्ण राना मगर, लगायतले मन्तव्य रखेका थिए । कार्यक्रम संघका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको थियो ।