करेन्ट लागेर एक जना घाइते
करेन्ट लागेर एक जना घाइते
गोरखा ः गोरखा सदरमुकाम स्थित सतिपिपल मैदानमा करेन्ट लागेर एक जना युवा गम्भिर घाईते भएको छ ।
ट्रकबाट दाउरा लाने क्रममा सतिपिपल मैदानमा तार हटाउने क्रममा करेन्ट लागेर अजिरकोट गाउँपालिका–४ सिम्जुङका २१ वर्षिय उत्तम गुरुङ घाइते बनेका हुन् । ट्रकमा तारले छोएपछि हटाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते बनेका गुरुङको गोरखा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवन स्थित भरतपुर अस्पताल रेफर गरिएको छ । ना ४ ख ९०६३ नम्वरको ट्रकका सहचालक गुरुङको शरिरका केहि भाग जलेर घाइते वनेको प्रहरीले जनाएको छ ।