आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुरमा एक जना पक्राउ
आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुरमा एक जना पक्राउ
गोरखा ः आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुरमा १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आरुघाट गाउँपालिका–६ कि ४५ वर्षिय मंगली विकलाई प्रहरीले पक्राउ गरेको हो । पौष १२ गते सोहि ठाउँका ४५ बर्षिय जिर वहादुर गुरुङ आरुघाट गाउँपालिका–६ कल्लेरी स्थित खनयोको रुखमा झुण्डी मृत अवस्थामा फेला परेका थिए ।
आरोपितले विभिन्न तरहले मानसिक यातना दिइ आत्महत्या गर्नुपर्ने सम्मको अवस्था सिर्जना गरि आत्महत्या गर्न दुरुत्साहन दिएको भन्दै मृतकको आफन्तबाट आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
पौष १३ गते पक्राउ परेकी आरोपित विरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुर शिर्षकमा मुद्धा दर्ता गरी सोमबार गोरखा अदालतबाट हिरासतमा राख्न म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।