लाप्राकमा भलिवल प्रतियोगीता शुरु
लाप्राकमा भलिवल प्रतियोगीता शुरु
गोरखा ः धार्चे गाउँपालिका–४ लाप्राकमा भलिवल प्रतियोगिता शुरु भएको छ ।
तमु ल्होसारको अवसर पारेर तमु ल्होसार मुल आयोजक समितिको आयोजनामा सोमबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगीतामा ११ टिमको सहभागीता रहेको छ । प्रतियोगिता अन्तरगत सोमबार ४ खेल सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार नगद, ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक समितिका सन्त गुरुङले जानकारी दिएको छ । त्यस्तै दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगीता वुधबार सम्म संचालन हुने छ ।