रोटरी क्लवको बैठक सम्पन्न
रोटरी क्लवको बैठक सम्पन्न
गोरखा ः रोटरी क्लव अफ गोरखाको एक हजारौ बैठक सम्पन्न भएको छ ।
मंगलबार बैठकमा क्लवका अध्यक्ष ज्ञानहरि अर्यालले रोटरी क्लव अफ गोरखाले गरेका गतिविधि प्रस्तुत गरका थिए । बर्ष २०२३÷०२४ का अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उप–प्रमुख मसलीमाया थोकर, गोरखा न.पा. ६ नंं का वडा अध्यक्ष राजेन्द्र जोशी, ८ का अध्यक्ष ऋषी राम खत्री, गोरखा क्याम्पसका प्रमुख नवराज पाण्डे, रोटरी क्लव अफ बज्र मनास्लुका अध्यक्ष शिशु बावु प्रधान, पूर्व अध्यक्ष पवनरमण खनाल, लुदीदामगाडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिभक्त कट्टेल, विनोद बस्नेत र रोट्रयाक्ट क्लव अफ गोरखाका अध्यक्ष सुस्मिता लौडारी लगायतले मन्तब्य राखेका थिए ।