बिरामीलाई किन दिइन्छ सलाइन पानी ?

बिरामीलाई किन दिइन्छ सलाइन पानी ?


बिहिबार, पुस १९, २०८०


बिरामीलाई किन दिइन्छ सलाइन पानी ?

अस्पतालमा कतिपय बिरामीलाई सलाइन पानी दिइरहेको हामी देख्छौं । खासमा किन सलाइन पानी दिइन्छ ? कुन अवस्थामा दिइन्छ रु त्यसले बिरामीलाई के प्रभाव पार्छ ? त्यो औषधि हो वा अरु केही ? सर्वसाधारणमा उठ्ने स्वभाविक जिज्ञासा हुन् यी ।

शरीरमा पानी, चिनी, पोटासियम, सोडियमको अभावबाट हुन सक्ने समस्याबाट बचाउन सलाइन पानी आवश्यक पर्छ । जसले शरीरमा रक्तसञ्चार कायम राखी महत्वपूर्ण अंगलाई हुने हानिबाट जोगाउन मद्दत गर्छ ।



खासगरी बिरामीले मुखबाट औषधिको सेवन गर्न नसक्ने अवस्थामा सलाइन पानी दिइन्छ । त्यस्तै बिरामीलाई तारन्तार बान्ता भइरहेको छ भनेपनि सलाइन दिइन्छ । बिरामीलाई छिटो निको बनाउन पनि सलाइन दिइन्छ । कहिलकाहीं औषधिले काम गर्ने भएपनि त्यसको प्रभाव बिरामीको शरीरमा ढिलो हुनसक्ने भएमा सलाइन दिइन्छ । स्लाइन सोझै रगत नसामा दिइने भएकोले छिटो काम गर्छ ।

सलाइन बाहिरबाट हेर्दा सबै एउटै जस्तो देखिए पनि बिरामीको अवस्था हेरेर विभिन्न किसिमको सलाइन पानी प्रयोग गरिएको हुन्छ । धेरैजसो प्रयोग गरिने सलाइन पानीहरु यसप्रकार छन् ।

नर्मल सलाइन (एनएस) ः रगतमा नुनको कमी भएका नर्मल सलाइन दिइन्छ । यसमा सोडियम र पानी हुन्छ । रगतमा नुनको मात्र धेरै कम छ भने तीन प्रतिशत नर्मल सलाइन दिइन्छ । सामान्यतयास् रगतमा सोडियमको मात्रा १३५ देखि १४५ मिलिईक्विभ्यालेन्ट्स प्रति लिटर हुनुपर्छ । तर रगतमा १२६ वा सो भन्दा कम छ भने तीन प्रतिशत एनएस सलाइन दिनुपर्छ । तर एकैचोटि दिनुहुँदैन बिस्तारै समय मिलाएर दिइन्छ ।

रगतमा थोरै मात्र नुन कमी भए हाफ नर्मल सलाइन दिइन्छ । शरीरमा नुन कति मात्रामा आवश्यक छ त्यही अनुसार सलाइन दिइन्छ । तर बिरामीले मुखबाट खान सक्छ भने सलाइन पानी दिनु आवश्यक हुँदैन ।

डेक्सट्रोज सलाइन ः हाइपोग्लाइसेमिया (रगतमा सुगरको कमी) भएकालाई डेक्सट्रोज सलाइन दिइन्छ । रगतमा सुगरको मात्रा कमी हुने बेला यस्तो सलाइनको प्रयोग गरिन्छ । शरीरमा कुनै कारणवश रगतमा सुगरको कमी भएर बेहोस वा अचेत अवस्थामा हुँदा यस्तो सलाइन दिइन्छ । किनभने यसमा सुगर हुन्छ । र, बिरामीको सुगर लेभल अनुसार फरक–फरक प्रतिशतको डेक्सट्रोज सलाइन दिइन्छ । जस्तै ५ प्रतिशत, १० प्रतिशत, २५ प्रतिशत, ५० प्रतिशत डेक्सट्रोज हुन्छ ।

डेक्सट्रोज नर्मल सलाइन (डीएनएस) ः यसमा सुगर, सोडियम, पोटासियम र पानी हुन्छ । झाडापखाला र तारन्तार बान्ता भएकामा यस्तो सलाइनको प्रयोग गरिन्छ ।

रिंगर ल्याक्टेट (आरएल) ः पोटासियमको कमी भएमा रिंगल ल्याक्टेट (आरएल) दिने गरिन्छ ।

यसबाहेक सलाइन विभिन्न रोगअनुसार दिइन्छ । जस्तै कुनै बिरामीको रगत जाँच गर्दा झाडापखाला, बान्ता भएको छ भने त्यस्ता बिरामीलाई डीएनएस र आरएल सलाइन दिइन्छ । यसबेला शरीरमा पानी, सुगर, नुन, पोटासियम सबै कम हुन्छ ।

मधुमेहको बिरामी भएमा नर्मल सलाइन, एनएस नर्मल सलाइन र आरएल मात्र दिनुपर्छ । डेक्सट्रोज दिनुहुँदैन । किनभने सुगरको लेबल बढ्न सक्छ ।

बिरामीको वजन, रोगको अवस्था र बिरामीको अवस्थाअनुसार सलाइनको मात्रा निर्धारण गरिन्छ । मुटुरोगको समस्या छ भने सलाइन पानी धेरै दिनुहुँदैन । कुनै कुनै औषधि सलाइनमा मिसाएर मात्रै दिनुपर्ने हुन्छ । शरीरमा भिटामिनको कमी भएमा अवस्थामा सलाइनमा भिटामिन मिसाएर दिइन्छ ।

कुन कुन अवस्थामा सलाइन दिइन्छ ?

सामान्य हिसाबले बुझौं । जब कुनै बिरामीले मुखबाट खानेकुरा, पानी वा आवश्यक कुरा खान सक्दैनन्, उनीहरुलाई रक्तनसामार्फत सलाइन पानी दिइने गरिन्छ । बेहोस भएका, निरन्तर बान्ता भइरहने, खाना पेटमा नअडिने, औषधि खाँदा पनि बान्ता हुने भएमा सलाइन पानी दिनु जरुरी हुन्छ ।

शरीरमा पानीको अभाव भएका, अत्यधिक रक्तश्राव भएका, इमर्जेन्सीमा भर्ना भएका बिरामीलाई तुरुन्तै सलाइन पानी दिइने गरिन्छ । त्यस्तै झाडापखालाले असहज बनाएका, शल्यक्रियाको तयारी गरिरहेका र पेट खाली राख्नुपर्ने अवस्थाका बिरामीलाई पनि स्लाइन पानी दिइन्छ ।

उपचारका क्रममा रगत खेर जाने जोखिम भएका बिरामीलाई सलाइन दिइन्छ । लगातार नसाबाट औषधि दिनुपर्ने भएका पनि सलाइन दिइन्छ ।

यसको कुनै नराम्रो असर हुनसक्छ ?

सलाइन पानी सिधै रक्तनसामा इन्जेक्सनको माध्यमबाट दिइने हुनाले साइट इफेक्ट सुई लगाएको ठाउँमा दुख्ने, घाउ हुने, सुन्निने, रातो हुने, चिसो लाग्ने, ज्वरो आउने, रक्तचाप कमी हुने हुन्छ । त्यस्तै घाउमा संक्रमण भएर रगतको माध्यमबाट संक्रमण छिर्न सक्छ । विभिन्न जटिल रोग लाग्न सक्छ ।
–अनलाइन खबरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda