आर्युवेद तथा आँखा जाँच शिविरबाट दुइ सय ५० लाभान्वीत
आर्युवेद तथा आँखा जाँच शिविरबाट दुइ सय ५० लाभान्वीत
गोरखाः पालुङटार नगरपालिका–३ मा भएको आर्युवेद तथा आँखा जाँच घुम्ती शिविरबाट दुइ ५० जनाले सेवा लिएका छन् ।
आयुर्वेद तर्फ ९४ पुरूष र ४२ महिला गरी १३६ जना र आँखा जाँच तर्फ ७१ पुरूष र ४३ महिला गरी ११४ जनाले सेवा लिएका छन् । जडीबुटीको प्रयोग गरी उपचार गर्दा कुनै प्रकारको साइड इफेक्ट नहुने र दिर्घकालीन रूपमा अन्य रोगको शिकार हुनबाट समेत बच्न सकिने हुँदा आयुर्वेदिक उपचार पद्दतीमा जोड दिनुपर्ने कार्यक्रमका सहभागीले जोड गरेका थिए ।
शिविरमा पालुङटार आँखा उपचार केन्द्रका नेत्र सहायक रक्षा कुंवर र संगीता श्रेष्ठले आँखाको जाँच गरेकी थिइन् । आयुर्वेद तर्फ हितकाजी श्रेष्ठ र बसन्त कुँवरले परीक्षण गरेका थिए । डुम्रेडाँडा शहरी स्वास्थ्य केन्द्रमा वडा नम्वर ३ का वडा अध्यक्ष रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको शिविर उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिका आयुर्वेद शाखाका प्रमुख हितकाजी श्रेष्ठ, शाखाका बैद्य निरीक्षक बसन्त घिमिरे, अर्जुन न्यौपाने लगायतको सहभागीता रहेको थियो ।