६ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण
६ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण
गोरखा ः जिल्लाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराइएको छ । संभव नेपालले विहिबार एक कार्यक्रमको आयोजना गरि ‘ख’व र्गको एम्वुलेन्स हस्तान्तरण गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सम्वन्धित पालिकाहरुलाई एम्वुलेन्स हस्तान्तरण गरेका थिए । मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सको सदुपयोग र ब्यवस्थित गर्न आग्रह पनि गरे ।
अजिरकोटको भच्चेक आधारभूत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दर्बुङ स्वास्थ्य चौकी, आरूघाटको थुमि स्वास्थ्य चौकी र चुमनुब्रीको सिर्दिवास स्वास्थ्य चौकीलाई एक÷एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले बताए ।
एम्बुलेन्स सहित हिटर, डेलिभरी बेड, स्पाइनल बेड, ह्विल चियर लगायत सामग्री पनि स्थानीय तहलाई उपलब्ध गराइएको छ । दुई करोड ३६ लाख रुपैयाँमा एम्बुलेन्ससहित स्वास्थ्य सामग्री खरिद गरिएको थियो । संभव नेपालले कोरोनाको समयमा पनि एम्बुलेन्स लगायत सामग्री उपलब्ध गराएका थिए ।
गण्डकी गाउँपालिकालाई एक, भिमसेन थापा गाउँपालिकालाई एक, गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिकालाई एक, शहीद लखन गाउँपालिकालाई यस अघि एम्वलेन्स सहयाग गरिएको थियो । विहिबार भएको एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, वारपाक सुलिकोट गाउपाकिलाका अध्यक्ष विष्णु भट्ट, संभव नेपालका उत्तम अधिकारी लगायतले मन्तब्य राखेका थिए ।