लाप्राकमा भएको भलिवल प्रतियोगितामा सातकन्या युवा क्लव पहिलो
लाप्राकमा भएको भलिवल प्रतियोगितामा सातकन्या युवा क्लव पहिलो
सुरुवातः धार्चे गाउँपालिका–४ लाप्राकामा भएको भलिवल प्रतियोगिताको उपाधि सातकन्या युवा क्लवले जितेको छ । प्रतियोगीतमा प्रथम भएको वडा नम्वर ७ लापुको सातकन्या युवाक्लवले नगद ५० हजार पुरस्कार पाएको छ ।
तमु ल्होसारको अवसर पारेर तमु पौष १५ गतेबाट प्रतियोगिता सुरु भएको थियो । प्रथम भएको सात कन्या युवा क्लवले ५० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै गरि अजिरकोट गाउपालिकाको भच्चेक कोकन पानि युवा क्लव दोस्रो भएको छ ।
दोस्रो हुने टिमले भने ३५ हजार नगदका साथमा टूफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बारपाक सुलिकोट गाउपालिकाको रन्चोक टिम तेस्रो बनेको छ । तेस्रो हुने रन्चोकले भने २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगीतामा ११ टिमको सहभागीता रहेको थियो ।