वक्तृत्वकलामा बानिया पहिलो
वक्तृत्वकलामा बानिया पहिलो
गोरखाः चेम्वर अफ कमर्सको आयोजनामा गोरखा सदरमुकाममा जारी कृषि पर्यटन तथा ब्यापार प्रवद्र्धन मेला अन्तरगत भएको वक्तृत्वकला प्रतियोगितामा बल्ड क्यापिटल माविका प्रजिता बानिया पहिलो वनेका छन् ।
‘आर्थिक समृद्धिको आधार ब्यवसायीक कृषि पर्यटन र ब्यपार’ विषमा बक्तृत्वकला प्रतियोगीता भएको हो । प्रतियोगितामा लक्ष्मि सामुदायीक शिक्षा सदनकी शान्ति विक दोस्रो र महेन्द्र माविकी रिया कुमाल तेस्रो भएका छन् । गोरखा नगरपालिका स्तरीय प्रतियोगीतामा ७ विद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा पहिलो हुने प्रतियोगीलाई १० हजार, दोस्रोलाई सात हजार ५ सय र तेस्रोलाई पाच हजार रुपैया पुरस्कार पाएका छन् । प्रतियोगिताका विजेतलाई चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।