यसवर्ष एसईई चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने

यसवर्ष एसईई चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने


बिहिबार, पुस २६, २०८०


यसवर्ष एसईई चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने

सुरुवातः यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।

‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौ,’ उनले भने । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने नहुने भन्ने खालको अन्योलमा नपर्न अनुरोध गरे । अध्यक्ष शर्माले विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने स्पष्ट पारेका हुन् । ‘शिक्षा विधेयकमा १० को परीक्षा उल्लेख नभएकोले धेरै कुरा आएको छ ।



एसईई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ । क्यालेन्डर अनुसार एसईई हुन्छ । प्रदेश तहमा समिती बनेको छ । गत वर्षदेखि व्यवस्थापनमा प्रदेशले गरेको छ,’ उनले भने । शिक्षा ऐनमा सर्टिफिकेट बोर्डले वितरण गर्ने भएकाले केन्द्रबाट रुटिन सार्वजनिक गरिएको र व्यवस्थापन प्रदेशले गर्न उनले बताए । ‘प्रश्नपत्र बोर्डले तयार गर्ने, प्रमाणीकरण गर्ने बोर्डले गर्छ । त्यही अनुसार काम भैरहेको छ ।’ उनले भने ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भैरहेकोले एसईई प्रभावित नहुने उनले बताए । “जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुमा परीक्षा संचालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रअसँग भेट्यौ । पढाइ भइरहेको र सन्चालन्को लागि केन्द्र सन्चालन गर्नलाई अल्टरनेट गर्न सकिन्छ । नजिकैको अर्कोमा गर्ने तयारी भइरहेको छ । स्थानीय पालिका, जिल्ला समन्वय र सामाजिक विकास कार्यालय र व्यवस्थापन समितिसँग छलफल गरेको छ ।

परीक्षा सर्ने कुरा सुझाव आएको छैन,” उनले भने । भूकम्पले विद्यार्थीको किताब हराए पनि हाल पुस्तक पुगिसकेको अध्यक्ष शर्माले बताए । यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।’यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ ।

३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,’ उनले भने, “कतै पुरानो परम्परा फर्किन्छ कि भन्ने छ ।’ यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda