सुपर चेपेको ९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

सुपर चेपेको ९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो


शुक्रबार, पुस २७, २०८०


सुपर चेपेको ९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

सुरुवातः अजिरकोट गाउँपालिका –२ ओलाङमा निर्माण सम्पन्न भएको सुपर चेपे खोला जलविद्युत् आयोजनाको ९.०५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रिज लाइन इनर्जी प्रालिले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।

आयोजनाको सिभिल संरचना तथा उपकरण जडान पूरा गरी आन्तरिक परीक्षणपछि हिजो (पुस २१ गते) देखि प्रणालीमा जोडिएको कम्पनीका इन्जिनियर प्रतिक आचार्यले बताए । उनले नेपाल विद्युत् प्राधिकरणले तोकेको व्यापारिक उत्पादन मिति (सिओडी) भन्दा ५ महिनाअघि नै उत्पादन परीक्षण सुरु गरेको जानकारी दिए ।



प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए)अनुसार २०८० जेठभित्र विद्युत् उत्पादन थाल्नुपर्ने थियो । तर, कोभिड–१९ का कारण उत्पादन तालिका एकवर्ष ढिलो हुँदा २०८१ जेठमा पुगेको छ । उत्पादन तालिकाभन्दा ५ महिनाअघि नै आयोजनाको विद्युत् प्रणलीमा जोड्न सफल भएको आचार्यले बताए ।

‘शनिबारदेखि आयोजनाको विद्युत् प्रणालीमा जोडेर परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘आगामी दुई सातासम्म प्राधिकरणले परीक्षण गर्नेछ, परीक्षण अवधिभर प्राधिकरणले निःशुल्क विद्युत् लिनेछ ।’ परीक्षण पूरा भएपछि माघ दोस्रो सातादेखि व्यापारिक उत्पादन सुरु हुनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १९.९१ किलोमिटर दुरीमा रहेको प्राधिकरणको कीर्तिपुर सबस्टेसनमा जोडिएको छ ।

सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो । आयोजनामा ३४११ मिटर हेडरेस पाइप र ११९५ मिटर पेनस्टक पाइप निर्माण गरिएको छ । आयोजनाको काम १ अर्ब ६२ करोड रुपैयाँ लागतमा सम्पन्न भएको अनुमान गरिएको छ । आयोजनामा वाणिज्य बैंकको ७० प्रतिशत ऋण लगानी छ । बाँकी स्वपूँजी लगानी छ ।

कम्पनीले आयोजनाको स्थलगत निर्माणको काम २०७८ मंसिरदेखि सुरु गरेको हो । कम्पनीले यो आयोजनासँगै ८.८ मेगावाटको दुधपोखरी चेपे जलविद्युत् आयोजनामा पनि लगानी गरेको छ । यो आयोजना अहिले निर्माणाधीन छ । उर्जा खवरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda