शहिद लखन र भिमसेन थापा गाउँपालिकाकोे गाउँसभा सम्पन्न

शहिद लखन र भिमसेन थापा गाउँपालिकाकोे गाउँसभा सम्पन्न


शुक्रबार, पुस २७, २०८०


शहिद लखन र भिमसेन थापा गाउँपालिकाकोे गाउँसभा सम्पन्न

गोरखाः भिमसेन थापा र शहिद लखन गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ ।

भिमसेन थापा गाउँपालिकाकोे १३ औं अधिवेशन गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बंजराको अध्यक्षतामा भएको हो । सभामा पेस भएको खानेपानी तथा सरसफाई स्वच्छता (वास) विधेयक सर्वसम्मतले पारित भएको छ । उत्त विधेयक पूर्वाधार विकास समितिका संयोजक विकास श्रेष्ठले पेश गरेका थिए । विधेयकमा गाउँसभा सदस्य नारायण प्रसाद भट्टराई सर्मथन जनाएका थिए ।



गाउँपालिकाको आर्थिक ऐन २०८० तथा विनियोजन ऐन २०८० को संसोधन प्रस्ताव उपाध्यक्ष अमृता देवी वस्ती भट्टले गाउ सभामा पेश गरेकी थिइन् । उक्त संसोधित विधेयक गाउँसभा सदस्य रञ्जन रिमाले सर्मथन गरेका थिए र दुवै संसोधन विधेयकहरु सर्वसम्मतले पारित भएको छ । त्यस्तै न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन तथा राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन गाउँपालिकाका उपाध्यक्ष वस्तीले सभामा प्रस्तुत गरेकी थिइन् ।

लेखा समितिका संयोजक राम प्रसाद पाण्डेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । पुर्वाधार विकास समितिका संयोजक विकास श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । सभाको शुन्य समयमा सभाका सदस्य राम प्रसाद पाण्डेले वुढीगण्डकी प्रभावितहरुका सम्वन्धमा गाउपालिकाको धारणा तथा वडा सदस्यहरुको भुमिका विषयमा धारणा राखेका थिए ।

काजीराम ढकालले गाउँसभा सदस्यलाई थप जिम्मेवारी बोध तथा विषयगत समितिमा जिम्मेवारी, धार्मिक सांस्कृतिक पहिचान गरि बजेटको व्यवस्था, कार्यपालिकाको निर्णयहरु सभाका सदस्यहरुलाई वितरण तथा जानकारी गराएका थिए भने ब्याक हु लोडरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने विषय उठान गरेका थिए । गाउँसभा सदस्य टंक कुमारी वि.कले दलित महिलाहरुको हक हितका लागि आवाज र ध्यानाकर्षण गराएकी थिइन ।

त्यस्तै शहिद लखन गाउँपालिकाको चौधौ अधिवेशन पनि विहिबार समपन्न भएको छ । गाउँपालिका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा अधिवेशन भएको थियो । सभामा विधायन समितिको(गठन तथा संचालन) कार्यविधि, २०८० को प्रसतुती र सैद्धान्तिक विषयमा छलफल भएको थियो । विधेयक विमला ढुगानाले पेश गरेकी थिइन भने वासुदेव ढकालले समर्थन जनाएका थिए ।

त्यस्तै लेखा समितिको (गठन तथा संचालन), शुसासन समिति(गठन तथा संचालन) कार्यविधि २०८० को प्रस्तुति र सैद्धान्तिक विषयमा पनि छलफल भएको थियो । सभामा राजस्व समितिको अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda